दिगो विकास योजना निर्माण तथा प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय गोष्ठी सम्पन्न

सुनसरी, जेष्ट २९| इटहरी स्थित राष्ट्रिय युवा गैर सरकारी सस्था महासघले प्रदेश स्तरीय युवाको क्षेत्रमा विभिन्न संजाल महासघ तथा आन्तराष्ट्रिय  क्षेत्रमा काम गरि रहेका जोस जागर र अत्याधिक इच्छाशति   भएका युवाहरुले साचिकै युवाका सवालमा फरक र नयाँ ढगले सोच बिकास गरि काम गर्नु पर्छ  भने  महशुस साथ  विगतका युवाको क्षेत्रमा काम गरेका अनुभवी युवालाई अन्तर्राष्ट्रिय स्तरमा नीति निर्माण देखि निर्णय प्रकृया सम्म युवाहरुको अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ |

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक  बिकास मन्त्रि जीवन घिमिरेले उदघाटनपछि बोल्दै देशको समृद्धि गर्ने क्रममा विकास सगै समग्र विकासको योजना अघि बढाउदा वातावरणीय प्रदूषण मूल्यांकनमा विशेष ध्यान  दिन जरुरी रहेको कुरामा जोड दिने मन्त्रि घिमिरेले बताउनु भएको छ | देशले नयाँ संविधान प्राप्त गरेर  तिनै तहको  सरकार समेत उपस्थित गरि देशलाई सुखी एवंम समृद्ध बनाउने अभियानमा अघि बढीरहने मन्त्रिले बताउनु भएको  छ | 

वर्तमान सन्दर्भमा विकास सगै त्यसले पार्ने प्रभावकारी विषयमा पनि घनिष्ट रुपमा छलफल र अन्तरक्रिया गर्दै अघि बढ्न सकियो  भने मात्र जलवायु  परिवतनको असरबाट मानव समुदायलाई सुरक्षित राख्न सकिन्छ | भने तर्क समेतमा सचेत रहनु पर्नेमा जोड दिएका मन्त्री घिमिरेले अहिले  प्रदेश र केन्दीय सरकार  समेत  ऐन कानुन बनाउने अवस्थामा रहेकोले युवाहरुले यस विषयमा व्यापक छलफल गरि निकालिने सकारात्मक निष्कर्ष र ठोस योजनाले ऐन नियम र कानुन बनाउन समेत सकारात्मक सघाउ  पुग्ने भएकोले यो विषयमा गम्भिर छलफल हुन जरुरी रहेको  मन्त्रि घिमिरेले बताउनु  भएको  छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विकासKhabar
Assign a menu in the Left Menu options.
Assign a menu in the Right Menu options.