Featured Slider Top News

‘विश्वासको मत नपाएपछि यु आर नो मोर प्राइमिनिस्टर भन्नुपर्थ्यो’ : वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं,९ असार । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि राष्ट्रपतिले पदमुक्त गरिदिनु पर्ने जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारबाट सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुरु भएको बहसमा वरिष्ठ अधिवक्ता कार्कीले भन्नुभयो, ‘राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने, के गर्‍या हो यो ?’

‘हाउसको कन्फिडेन्ट (विश्वासको मत) नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन् । बस्न दिनु हुँदैन’, संवैधानिक इजलासमा बुधबार प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदनमा निवेदकको पक्षमा बहस गर्दै उहाँले भन्नुभयो, ‘सक्दिन भनेर स्वीकार गरेर लिखित रुपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपथ्र्यो–युआर नो मोर प्राइममिनिस्टर ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *