Featured Slider राजनीति

जीवन राईको नेतृत्वमा नयाँ पार्टी दर्ता

काठमाडौं,१० असार । निर्वाचन आयोगमा नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ । आयोगले नेकपा (एकीकृत)लाई कलम चिन्ह प्रदान गर्दे दल दर्ताको दिएको छ ।

हाल नेकपा (एकीकृत)का संयोजक रहनु भएका राई लाई आयोगले बुधबार प्रमाणपत्र दिएको हो । गत वैशाख ७ गते दल दर्ताको निवेदन दिएको नेकपा (एकीकृत) लाई आगोगले १६३ नम्बरमा दर्ता गरेको छ ।

निर्वाचन आयोगका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published.