राजनीति स्थानिय खबर

कोरोनाको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

जलेश्वर । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन् ।

कर्मचारीमा कोरोना भाइरस संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारीका कृष्णबहादुर कटुवालले जानकारी दिए ।

उनले सो अवधिमा ती कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य कुनै सेवा प्रवाह नहुने बताए । ती कार्यालयको सेवा प्रवाह बन्द हुँदा सेवाग्राही मारमा परेका छन् भने सर्वसाधारणले कर्मचारीहरु बहानाबाजी गर्दै जनताको कामकाज ठप्प पारेको आरोपसमेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *