काठमाडौं,१३ असार । नेकपा एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।
आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ।