Featured Slider Top News राजनीति

मन्त्री गुरुङले माफी माग्नुपर्ने माग गर्दै प्रदेश १मा माओवादीले गर्यो बैठक अवरुद्ध

मोरङ ,१४ असार । प्रदेश नम्बर १का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।

आइतबारको बसेको प्रदेशसभाको बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो ।

माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।

माओवादी केन्द्रले संसद अवरुद्ध गर्ने बताएपछि मुख्यमन्त्री शेरधन राईले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई माओवादी केन्द्रसँग छलफल गर्न पठाए पनि माओवादी केन्द्रले कार्कीसँग छलफल गर्न गर्न मानेन ।

Leave a Reply

Your email address will not be published.