Uncategorized

सञ्चार माध्यमप्रति किन आक्रामक हुन्छन् ट्रम्प ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सबैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा.एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोश व्यक्त गरेका छन् ।

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिनमा उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सवैभन्दा नराम्रो दवाब भोग्नु पर्यो । चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरू दिएका छन् ।

उनले फाउचीलगायतका विज्ञहरुमाथिको उनको अभिव्यक्ति सवैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जादै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गरेका छन् ।

‘फाउची र उनीहरु जस्तै अरू धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरू आफैंमा प्रकोप हुन, उनीहरूका कारणले नै यहाँको अवस्था विग्रिएको हो,’ ट्रम्पले भनेका छन् ।

त्यसैगरी कोरोना भाइरसका बारेमा उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ । ‘म डराएको आत्तिएको छैन,’ टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने । ‘मलाई लाग्छ म आक्रामक रूपमा दौडिरहेको छु, म धेरै खुसी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,’ उनले भने ।

उनले आफूहरुले जित्ने विश्वास र आधार देखिएको दावी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरू आत्तिएको टिप्पणी पनि गरे । उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफुहरू ठिक अवस्थामा रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *