राजनीति

बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्षको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका नेता रेशम चौधरीलाई रिहाई अभियान सञ्चालन गर्ने गर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार दुई दिन तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै पार्टी सूचना तथा सञ्चार उपप्रमुख विश्वदीप पाण्डेले भने ‘पार्टीले मा.रेशम चौधरीलाई रिहाई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।’

त्यसैगरी बैठकले संघीय परिषद् अध्यक्षको जिम्मेवारी डा.बाबुराम भट्टराईलाई दिएको छ । केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि बैठकले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *