Featured Slider Top News

राष्ट्रिय सभामा राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं,१७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने हुनुभएको छ । आइतबार वा सोमबारको राष्ट्रियसभाको बैठकमा राष्ट्रपति उपस्थित हुने र बैठकलाई सम्वोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको हो।

विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराउनुभएको हो । राष्ट्रपतिले आइतबार वा सोमबार सम्वोधन गर्ने तिमिल्सिनाले समितिलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.