Top News राजनीति

ओलीले पक्षले डाकेको बैठकमा नेपाल समूह सामेल नहुने

काठमाडौं, १८ असार । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शुक्रवार) डाकेको ‘केन्द्रीय’ कमिटी बैठकमा माधवकुमार नेपाल समूह सहभागी नहुने भएको छ।

उक्त समुहको बिहीबार बसेको स्थायी कमिटी बैठकले ओलीले आज डाकेको बैठक एकताका लागि नभई बिखण्डनका लागि भएको भन्दै उक्त बैठकमा सामेल नहुने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘बुधबार बालुवाटारमा भएको बैठक अवैध हो। अवैध बैठकले डाकेको बैठकमा हामी सहभागी हुन्नौँ। यो एकताका लागि आह्वान गरिएको बैठक होइन भन्ने हाम्रो निष्कर्ष हो।’

यस्तै आफूहरुसँग सरसल्लाह नगरी आह्वान गरिएको बैठकमा नजाने निष्कर्षमा आफूहरु पुगेको उनले बताए। उनले भने, ‘ हामीले एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकको माग गरेका छौँ। सोही बैठकबाट आवश्यक निर्णयहरु गर्न सकिन्छ। जबसम्म हाम्रो माग पूरा हुन्न तबसम्म अवैध कमिटी बैठकमा सामेल हुने कुरा हुन्न।’

उनले ओली पक्षले साँच्चै एकता चाहन्छ भने यसअघि गठन गरिएको कार्यदल ब्यूँताउनु पर्ने र त्यसैको माध्यमबाट वार्ता गरी सहमति गर्नुपर्ने निष्कर्ष आफूहरुको भएको बताए।

Leave a Reply

Your email address will not be published.