Featured Slider Top News राजनीति

तीन बुँदे सहमती कार्यान्वयन नभएपछि विप्लब समूह प्रधानमन्त्री निवासमा

काठमाडौं,२० असार । नेपाल कम्युनिष्ट पार्टी विप्लब नेतृत्वले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोली बालुवाटार जान लागेको एक नेताले जानकारी दिनुभयो ।

गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेपछि पुन: भेटवार्ता हुन लागेको हो । आजको बैठकमा सरकारले गरेको तीन बुंदे सहमतिको कार्यन्वयनका लागि ध्यानाकर्षण गराउने भएको छ।

सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४ महिना बितिसक्दा पनि अधिकांश नेता कार्यकर्ता अझैपनि जेलमा रहेका हुन्।

Leave a Reply

Your email address will not be published.