Featured Slider Top News

उपत्यकामा सबै सवारी साधन चलाउन पाइने, हट्यो जोरबिजोर प्रणाली

काठमाडौं,२० असार । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।

आज बसेको उपत्यकाका तीनै जिल्लाका अधिकारीहरुको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो

असार २२ गतेबाट जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

यद्यपी विद्यालय, मठमन्दिर, पार्टिप्यालेस, सिनेमा हल, जिमखाना लगायतका क्षेत्र भने पहिलेकै नियम कायम राखि थप एक हप्ता निषेधाज्ञा गरिएको पनि उहाँले बताउनुभयो

Leave a Reply

Your email address will not be published.