Featured Slider Top News राजनीति

जसपाको विवाद टुंग्याउन इजलास गठन

काठमाडौं, २३ असार । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । साथै सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुवै पक्षलाई बोलाउने निर्णय भएको छ । यदी कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो ।

ऐनअनुसार दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थाएिको एक आयुक्तले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published.