Featured Slider स्वास्थ्य

अस्ट्रेलियामा रहेका १५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

सिड्नी ,२४ असार । कोरोना भाइरसको दोस्रो लहरमा अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा १५ जना नेपाली संक्रमित भएका छन् । नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै संक्रमित हुने १५ जना नेपाली युवाहरु रहेको यहाँको स्वास्थ्य विभागकी एक अधिकारी मेरियम गेलले जानकारी दिईन् ।

उनीहरुमध्‍ये अधिकांश वृद्ध स्याहार केन्द्रमा कार्यरत थिए । मेरियमले कोरोना खोप कार्यक्रमको प्राथमिकतामा अस्पताल र वृद्ध स्याहार केन्द्रमा काम गर्ने कर्मचारीका साथै उनीहरुको परिवारका सदस्य पनि रहेको जानकारी दिईन् ।

अष्ट्रेलियामा पल्लिो समय कोरोना संक्रमण बढिरहेकाले कोरोनाको सामान्य लक्षण देखिँदा र संक्रमितसँग हिमचिम भएको शंका लागे पनि तुरुन्त परीक्षण गराउन सबैलाई मारियमले आग्रह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.