Top News राजनीति

ओली-नेपाल वार्ता निष्कर्षविहिन, आज पुन: बस्ने

काठमाडौं, २४ असार । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको जारी वार्ता निष्कर्षविहीन भएको छ । नक्सालस्थित एक होटेलमा बुधबार अबेर भएको वार्ता निष्कर्षविहीन भएको हो ।

कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच वार्ताको वातावरण बनेकोे थियो । वार्तास्थलबाट बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिएनन् ।

उपाध्यक्ष भीम रावलले शीर्ष नेताहरूबीच कुराकानी भएको बताए । समस्या समाधानका लागि पुनः कुराकानी हुने उनले जानकारी दिए । नेपाल पक्षबाट कार्यदल संयोजक रहेका रावलले कार्यदलमा पनि छलफल जारी रहेको जानकारी दिए ।

वार्तास्थलमा दुवै पक्षका दोस्रो तहका नेताहरू पुगे पनि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । कार्यदल सदस्यसमेत रहेका पाण्डेले आज कार्यदलमा थप छलफल हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.