काठमाडौँ, २४ असार । नेपाली काँग्रेसका युवा नेता इञ्जिनीयर रञ्जित कर्णलाई पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्री बनाउने बारे छलफल भएको छ ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) प्रदेश २ का संयोजक मनोज दासको संयोजकत्वमा आज जनकपुरमा आयोजना गरिएको भेलामा इञ्जिनीयरसमेत रहेका कर्णलाई सहमहामन्त्री बनाउन प्रस्ताव गरिएको हो ।
भेलामा प्रदेश २ का नेपाली काँग्रेस संसदीय दलका नेता एवम् पूर्वाधारमन्त्री रामसरोज यादव, प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा, सिडेनका प्रादेशिक सचिव अजित यादव लगायतको उपस्थिती रहेको थियो ।
नेविसङ्घका पूर्व अध्यक्ष कर्ण संविधानसभा सदस्यसमेत हुन् । तराई क्षेत्रमा राम्रो पकड जमाउन सफल कर्णलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, सुजाता कोइरालालगायतका नेताहरुको साथ रहेको छ ।