राजनीति

मानव अधिकार आयोग दशैँमा खुल्ला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन् ।

दशैँ विदामा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ ।

आयोगले दशैँ विदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *