Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा १८३१ जना संक्रमित, २० को मृत्यु

काठमाडौं,२७ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५३३ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या २० रहेको छ ।

Leave a Reply

Your email address will not be published.