Featured Slider Top News

सर्वोच्च अदालतको संवैधानिक इजलास बस्दै ,आजै फैसला आउन सक्ने


काठमाण्डौ ,२८ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठन भएको सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । बहस सकिएसँगै सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैमा आजका लागि पेसी तोकेको हो । संवैधानिक इजालसले सम्भवतः आजै फैसला गर्नेछ ।

आज नभ्याए अर्को दिनको लागि पेसी तोकिनेछ । संवैधानिक इजालसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई हुनुहुन्छ। न्यायाधीशहरुबीच मतभेद नभए सर्वसम्मत र मतभेद भएमा बहुमतको राय मान्ने हुने गरी निर्णय हुनेछ ।

सर्वोच्च अदालतबाट आज हुन सक्ने सम्भावित निर्णयलाई चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published.