Featured Slider Top News स्वास्थ्य

पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमित,१८ को मृत्यु

काठमाडौं,३० असार  । पछिल्लो २४ घण्टामा थप २ हजार ९०५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा २ हजार १० जना र ४ हजार ९१६ एन्टिजेन परीक्षण गर्दा ८९५ जना गरी २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ६०६ रहेको छ ।

त्यस्तै यस अवधिमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published.