Featured Slider अर्थ

दराजको ‘दराज महाबचत बजार अभियान’ आजदेखि शुरु

काठमाडौं,३ साउन । अनलाइन सपिङ कम्पनी दराजले आजदेखि ‘दराज महाबचत बजार अभियान’ सुरु गरेको छ। अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रबर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत चार हजार रुपैयाँसम्मको छुट, बैंक कार्ड वा आईएमईपेमार्फत अनलाइन प्रि–पेमेन्टमा दुई हजार रुपैयाँसम्मको छुट, एक रुपैयाँमा आइफोन–१२ जित्ने मौका, बम्पर उपहारमा म्याकबुक प्रो–१३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भउचरका साथै थुप्रै अन्य पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।

यस अभियानका लागि नबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबि बैंकका कार्ड भएकाहरूले प्रि(पेमेन्टमा आकर्षक छुट पाउने छन्। यी बैंकका डेबिटकार्ड भएकाहरुले १५ प्रतिशत (एक हजार ५०० रुपैयाँसम्म) को छुट पाउने बताइएको छ। यस्तै क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत (दुई हजार रुपैयाँसम्म) छुट पाउने छन्।

Leave a Reply

Your email address will not be published.