Featured Slider राजनीति

माधव नेपालसँगको भेटपछि शङ्कर पोखरेलले भने- ‘तीन महिनाको मेहनत खेर गयो’

काठमाडौं,३ असार । नेकपा एमालेको विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलले प्रस्ताव गरेको प्रतिवेदन माधव नेपालले अस्वीकार गरेपछि केपी ओली पक्षका नेता शङ्कर पोखरेलले पार्टी एकताका लागि गरेको तीन महिनाको मेहनत खेर गएको बताउनुभएको छ।

आइतबार बिहान कार्यदलका सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । कोटेश्वरबाट फर्किए लगत्तै नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा नेता नेपालले कार्यदलको प्रस्ताव अस्वीकार गरेको जनाएका हुन् ।

उहाँले भन्नुभएको छ, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’,

कार्यदलमा रहेका नेताहरुले शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले असार २७ गते पार्टी एकताका लागि १० बुँदे सहमति गरेको थियो ।

Leave a Reply

Your email address will not be published.