Featured Slider Top News राजनीति

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले स्पष्टिकरण सोध्ने

काठमाडौं,४ साउन । एमालेले पार्टी निर्देशनविपरित हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएको हो ।

एमालेका एक केन्द्रीय सदस्यका अनुसार आजको बैठकमा २२ सांसदलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै अध्यक्ष ओली पक्षीय नेताहरुले आवाज उठाएका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेकाले सोही बाटो अवलम्बन गर्ने धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.