स्थानिय खबर

गैंडाको खाग बार्गेनिङ गर्दै गर्दा शिक्षक समातिए

काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका–७ का ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनी काठमाडौंको एक कलेजमा पढाउने शिक्षक हुन्।

उनले गैंडाको खाग झापाबाट किनेर ल्याएको प्रहरीले बताएको छ । प्रहरीले संरक्षित वन्यजन्तु गैंडाको खागको अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचना पाएको थियो ।

सोही सूचनाको आधारमा खटिएको टोलीले रिजाललाई पक्राउ गरेको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी उनलाई जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *