अर्थ

अब यातायात करहरु अनलाईनबाटै तिर्न पाइने

८ साउन, काठमाडौं । आजदेखि बाग्मती प्रदेशका यातायात सम्वद्ध कर तथा राजस्वहरु अनलाइन बाट भुक्तानी गर्न सकिने भएको छ । सवारी कर, लाइसेन्स शुल्क ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानीहरु बिध्युतिय माध्यमबाटै गर्न सकिने व्यवस्था प्रदेश सरकारले गरेको हो ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनालका अनुसार अब यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ(वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउँछन् । उनले भने ,यसले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउनेछ ।

‘सकेसम्म सेवा लिन कार्यालयमा आउन नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने मान्यता हो, तर, कतिपय कागजी कामका लागि सेवाग्राही आउनुपर्ने त हुन्छ,’ उनले भने,’पहिलो चरणमा भने राजस्व बुझाउन पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन खोजेका छौं । थप सुविधाहरु पनि अनलाइनमा ल्याउँदै जान्छौं ।’

सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published.