Top News विकास खबर स्पेशल

मेलम्ची,पाँचपोखरी र हेलम्बुका बाढी प्रभावितलाई सहयोग

९ साउन, काठमाडौं । हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो । त्यस्तै आज नै मेलम्ची बजार पुनःनिर्माण सरोकार समिति, रेडियो मेलम्ची र नमूना बङ्गुर फार्मलाई रु पाँच लाख ५६ हजार ९७५ रकम हस्तान्तरण गरिएको छ ।

इराकबाट नोर्की शेर्पा, हङ्कङबाट माया आङबुहाङ, स्मार्ट टिमका राम अधिकारी र उषा तामाङ, मलेशियाबाट बुद्ध लामा योञ्जन, नागरिक आवाजकी मेरी राई तामाङ, जुहारी कलाकार सङ्घ भोटेकोशी–१ का अध्यक्ष मुके शेर्पा र कतारबाट सोम तामाङको पहलमा सङ्कलन भएको रकम आज हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि एवं अभियानकर्मी कृष्ण तामाङले जानकारी दिनुभयो ।

हेलम्बुमा १४ मृतक र बेपत्ता परिवारलाइ रु १० हजारका दरले र अन्य प्रभावितलाई रु तीन हजार ५०० का दरले राहत वितरण गरिएको तामाङले बताउनुभयो । त्यस्तै रेडियो मेलम्ची र मेलम्ची बजार पुनःनिर्माण सरोकार समितिलाई रु १५ / १५ हजार र नमूना बङ्गुर फार्मलाई रु आठ हजार प्रदान गरिएको तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.