Top News स्वास्थ्य

थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि, २ हजार ५० जना सङ्क्रमणमुक्त, १८ जनाको मृत्यु

१० साउन काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ५३९ र ३ हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जना गरी जम्मा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *