Top News खेलकुद

रियल मड्रिडका डिफेन्डर राफाएल भाराने म्यानचेस्टर युनाइटेड आउने

१२ साउन । रियल मड्रिडका डिफेन्डर राफाएल भाराने इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आउने लगभग निश्चित भएको छ । दुई क्लबबिच भारानेका सम्बन्धमा सहमति भएको हो ।

उनका लागि युनाइटेडले रियल मड्रिडलाई झण्डै ३४ मिलियन पाउण्ड तिर्ने प्रारम्भीक सहमति भएको जनाइएको छ । सम्झौतालाई अन्तिम रुप दिन भने अझै बाँकी छ ।

२८ वर्षका भारानेले रियल मड्रिडलाई क्लबसँगको हालको सम्झौता थप गर्ने कुनै मनसाय नरहेको बताएका थिए ।

उनको रियल मड्रिडसँगको सम्झौताको एक वर्ष बाँकी नै छ । भारानेको इच्छामै भइरहेको म्यानचेस्टर युनाइटेडसँगको सम्झौताको रकम ४२ मिलियन पाउण्डसम्म पुग्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *