Top News राजनीति

गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् – डा.बाबुराम भट्टराई

१२ साउन, काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्र विरुद्ध अभिव्यक्ति दिनेलाई ‘राजतन्त्रका भूत’ को संज्ञा दिएका छन् ।

भट्टराईले ट्वीटरमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन’, ‘बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून् ।’लेखेका छन् ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मबारे जनमत संग्रहको प्रस्ताव गरेपछि बाबुरामले जवाफमा यस्तो बताएका हुन् ।

उनले झिंगाको सरापले डिंगा मर्दैन तर्क गर्दै कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुन जरुरी नभएको पनि बताएका छन् ।

‘झिंगाको सरापले डिंगा मर्दैन, कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनुपर्दैन’, भट्टराईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *