स्वास्थ्य

कोरोनाविरूद्धको रूसी खोप भारतमा पनि परीक्षण हुने

एजेन्सी । रुसले बनाएको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको छ ।

भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले अनुमति दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भारतका एक सय जना स्वयंसेवकहरुमा यो खोपको परीक्षण गरिने भएको हो । उक्त खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यो परीक्षण दोस्रो चरणको हुनेछ । स्पतनिक भी नामको रुसले निर्माण गरेको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र त्यसपछि तेस्रो चरणको परीक्षण गरिने बताइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *