१२ साउन, काठमाडौ । मंगलबार दिउँसो प्रहरीले काठमाडौंको जोरपाटीबाट जुवा खेलिरहेको अवस्थामा झण्डै दुई लाख नगदसहित १० जना पक्राउ गरेको छ ।
मंगलबार दिउँसो प्रहरीले विशेष सूचनाको आधारमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भई जोरपाटी डेरा गरी बस्ने ४६ वर्षीय प्रेम लामाको कोठाबाट १० जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट एक लाख ९७ हजार ५ सय रूपैयाँ प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान र कारबाही गर्न महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको छ।