Top News राजनीति

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त

१२ साउन, काठमाडौँ । गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवैलाई पदबाट मुक्त गरेर पौडेलको स्थानमा पृथ्वीमान गुरुङ र यादवको स्थानमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

सरकारले गण्डकीमा पृथ्वी मान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published.