१३ साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलहरुको बैठक भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत सहभागी बैठक बिहान ९ बजेबाट शुरु भएको हो।
प्रधानमन्त्री देउवाको सचिवालयले बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने जनाएको छ। सत्ता गठबन्धनका सहयोगी एमालेको माधव नेपालले हिजो सरकारमा सहभागी हुने जनाएका थिए। यद्यपि आजको बैठकमा नेपाल सहभागी भएका छैनन्। एमालेको तर्फबाट डा विजय पौडेल सहभागी छन्।