दमौली । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत् नगरपालिकाका २ सय १९ घरमा खरको छाना हटाइने भएको छ । खरको छानो हटाएर जस्तापाताको छानो छाउन नगरपालिकालाई बजेट प्राप्त भएको छ ।
उक्त कार्यका लागि लाभग्राही छनोट गर्ने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
व्यास नगरपालिका– ५ र ६ का ९५, व्यास नगरपालिका– १ देखि ४ तथा ७ देखि १४ सम्मका वडाका २ सय १९ कच्ची घरमा छाना छाउनका लागि प्रति घर रु ५० हजारका दरले रकम प्राप्त भएको छ ।
‘खरको छानो भएका लाभग्राही छनोटका लागि दश दिनको म्याद राखेर सूचना प्रकाशित गर्ने तयारी गरेका छौँ,’ उनले भने ।