खेलकुद

स्पेन र इजिप्ट ओलम्पिक फुटबलको क्वाटरफाइनलमा, अर्जेन्टिना बाहिरियो

१३ साउन,काठमाडौँ । टोकियो ओलम्पिकको पुरुष फुटबलबाट अर्जेन्टिना बाहिरिएको छ ।

बुधबार सम्पन्न समुह चरणको खेलमा स्पेनसँग १(१ गोलको बराबरी खेलेको अर्जेन्टिना समुह सी मा ४ अंकसहित तेस्रो हुदै ओलम्पिकबाट समुह चरणबाट बाहिरिएको हो । अर्जेन्टिना इजिप्टसँग गोल अन्तरको आधारमा पछि पर्दै क्वाटरफाइनलमा पुग्न सकेन ।

समुह सी बाट स्पेन ३ खेलमा ५ अंकसहित पहिलो हुदै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै इजिप्टले समुह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई २(० गोल अन्तरले पराजित गर्दै समुह मा दोस्रो हुदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इजिप्टको ३ खेलमा ४ अंक रहेको छ ।

त्यस्तै ३ खेलमा ३ अंक हासिल गर्दै समुहमा चौथो हुदै अस्ट्रेलिया पनि ओलम्पिकबाट बाहिरिएको छ ।

अब क्वाटरफाइनलमा स्पेनले आइभरी कोष्टसँग खेल्ने छ भने इजिप्टले भने क्वाटरफाइनलमा ब्राजिलको सामना गर्ने छ ।

Leave a Reply

Your email address will not be published.