स्थानिय खबर

घिरिङमा प्रहरी चौकी स्थापना

दमौली । घिरिङ गाउँपालिका १ पुट्टारमा प्रहरी चौकी स्थापना गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशको सीमाना पुट्टारमा प्रहरी चौकी स्थापना भएपछि स्थानीयवासी खुशी भएका छन् ।

घिरङ गाउँपालिकाले मासिक रु आठ हजार तिर्ने गरी भाडाको घरमा प्रहरी चौकी राखेको थियो । प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार १५ जनाको दरबन्दी रहेको उक्त चौकीमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।

चौकीको भवन निर्माणका लागि डुम्रेघाट र फूलबारीघाटमा जग्गा उपलब्ध गराउन पहल भइरहेको वडाध्यक्ष गङ्गा कुमालले बताए । पुट्टार गण्डकी प्रदेशको नवलपुर र स्याङ्जासँगै लुम्बिनीको पाल्पासँग जोडिएको छ ।

पुट्टारसँगै घिरिङ गाउँपालिकाको पोखरीछाप र गजरकोटमा समेत प्रहरी चौकी छ । तनहुँका आठ स्थानमा इलाका प्रहरी कार्यालय, १७ स्थानमा प्रहरी चौकी तथा तीन स्थानमा अस्थायी प्रहरी पोष्ट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *