१४ साउन,काठमाडौँ । नेपाल हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा.मिलनराज धरेलका अनुसार हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
साउन १३ गतेसम्मको तथ्यांक अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए । साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ ।
कोरोनाको पहिलो लहरबाट ३८ जना बालबालिको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।