Top News पालिका खबर सम–सामयिक

६५ किलो गाँजासहित दुई जना पक्राउ

१४ साउन,काठमाडौँ । मकवानपुर प्रहरीले स्कार्पिओ गाडीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

मनहरीबाट हेटौडा जाँदै गरेको बा११च ९५०९ नम्बरको स्कार्पिओ गाडीबाट बिहीबार हेटौडा उपमहानगरपालिका १९ स्थित सडक खण्डमा ६५ किलो गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपलिका -२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका-६ का ४३ वर्षीय ललित तामाङ छन्।

मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार स्कार्पिओ, गाँजा र पक्राउ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।

Leave a Reply

Your email address will not be published.