Top News राजनीति

देउवालाई भेटेलगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

१४ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका नेता माधव नेपाल निवास पुगेका छन् ।
प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । स्रोतका अनुसार पछिल्लो समय राजनीतिक सत्ता समीकरण मिलाउन दौडधुपमा रहेका प्रचण्ड र देउवाबीच मन्त्रिपरिषद् विस्तार, माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ ।

देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको संख्या र सहभागिताबारे प्रचण्डको अगुवाइमा केहि दिनदेखि छलफल जारी छ । मन्त्रिपरिषद्मा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री देउवाले नै चलाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.