अर्थ सम–सामयिक

उखु किसानद्वारा फेरि काठमाडौंमा आन्दोलनको घोषणा

१४ साउन, काठमाडौं । उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । उद्योगबाट बक्यौता रकम नपाएपछि आज पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।

यसका लागि समितिले भदौ ५ गतेसम्म किसानको सबै भुक्तानी दिन सरकारलाई पत्र बुझाएको छ । बाँकी सबै भुक्तानी नपाए आन्दोलन चर्काउने समितिले जनाएको छ ।

समितिका अनुसार किसानले करिब ९० करोड रुपैयाँ अझै पाउन बाँकी छ । वर्षौँदेखि उखुको भुक्तानी नपाउँदा उखु किसानहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *