पालिका खबर

करेन्ट लागेर ६२ वर्षीय पुरुषको मृत्यु

१४ साउन, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका १० खाल्टे बस्ने कामी भन्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको
करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित जंगलमा घाँस काट्न गएकोमा घरबाट करिब १ सय मिटर टाढा सडक
छेउमा बिजुलीको पोल भाँची भुईमा लत्रिएको तारमा टेक्दा करेन्ट लागेर उनको घटनास्थलमै
मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *