Top News खेलकुद

टोकियो ओलम्पिकमा नेपालको प्रतिस्पर्धा सकियो

१५ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको सहभागिता सकिएको छ।

नेपालको तर्फबाट पाँचजना खेलाडीको सहभागिता रहेको टोकियो ओलम्पिकमा आज एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले सहभागिता जनाएसँगै नेपालको तर्फबाट सहभागिता टुंगिएको हो।
आज बिहान सम्पन्न खेलमा चौधरीले १०० मिटरको दौड १२.९१ सेकेन्डमा पुरा गरेकी थिइन्।

यसअघि पौडीवाज गौरिका सिंह र अलेक्जेन्डर शाह, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले सहभागिता जनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *