Top News यातायात

एकै परिवारका पाँचजना सवार जिप कर्णालीमा नदीमा खस्यो, दुईजना बेपत्ता , तीन जनाको उद्धार

१५ साउन । पारिवारिक घुमफिर गर्न निस्किएका एकै परिवारका पाँच जना चढेको गाडी कर्णाली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार शुक्रवार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट सो स्कारपियो जीप कर्णाली नदीमा खसेको हो ।

जिपमा सवार उनीहरूका तीन छोराछोरी घाइते अवस्थामा फेला परेका छन् । अन्दाजी १०–१२ वर्षीया लक्ष्मी जोशी, तीन–चार वर्षीय भुवन जोशी र चार–पाँच वर्षीया सावित्री जोशी सडकभन्दा तल झाडीमा घाइते अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । तर, सावित्री र भुवनको स्वास्थ्य अवस्था गम्भीर रहेकाले उपचारको लागि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिए ।

चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मध्यान्ह्र साढे १२ बजेतिर जिप नदीमा खसेको हो । जिप पल्टिने क्रममा तीन बालबालिका खसेर नदीमाथि झाडीमा अड्किएको अवस्थामा भेटिएका हुन् । कच्ची सडकमा ब्याक गर्ने क्रममा जिप नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *