Top News राजनीति

माधव नेपाललाई दोस्रो अध्यक्ष स्विकारिँदैन : ईश्वर पोखेरल

१५ साउन,काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन्।

शुक्रवार पार्टी कार्यालय थापाथलीमा आयोजित खिर खाने कार्यक्रममा पोखरेलले दोस्रो अध्यक्षको प्रस्ताव विधान विपरीत भएको दाबी गरे। उनले एकता लागि १० बुँदे सहमति भएको र त्यसलाई पालना गर्नुपर्ने बताए।

पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्विकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन्।

“पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन। पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ। हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं। त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छरु त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै पालना गर्नु पर्‍यो नि, सबैले।”

नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको बताए। उनले पार्टी भित्र देखिएको विवादको अन्त्य चाँडो हुनुपर्ने बताएका छन्।

पोखरेलले पार्टी एकताको विषयलाई टुङ्ग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी दिए। यस्तै, एमालेले शनिवार (भोलि) स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *