मनोरञ्जन

‘चिलगाडी’ चलचित्र निर्देशन गर्दै जनकदिप

काठमाडौं । चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुलीको निर्देशनमा चलचित्र ‘चिलगाडी’ निर्माण हुने भएको छ । सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्रको (७ असोज) फूलपातीको शुभ दिन पारेर औपचारिक घोषणा गरिएको छ ।
चलचित्र सेलिब्रेटी नेपालको ब्यानरमा बन्न लागेको हो ।

चलचित्रको लागि केहि हप्ताअघि मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको छ । नाजिरका लागि भूमिका सुहाउने अभिनेत्रीको खोजि कार्य भइरहेको निर्माण टिमले जानकारी गराएको छ ।

सामाजिक विषयवस्तुमा निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष सन्देश दिने निर्माण पक्षको दाबी छ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।

सागर प्रधानले छायाँकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राविधिकहरू टुंगो लाग्न बाँकी छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

कोरोना भाइरसका कारण सात महिनादेखि चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । तर, निर्माता तथा निर्देशकहरु सरकारले छायांकन अनुमति दिने आशमा धमाधम सामाजिक सञ्जालको माध्यमबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *