१५ साउन, काठमाडौँ । ३३ किलो सुनकाण्डका फरार एक जना पक्राउ परेका छन् । सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा गौरादह नगरपालिका ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
अपराधिक समूह स्थापना गरेर चोरी निकासी, अपहरणजस्ता गतिविधिमा संलग्न भएको आरोप लागेका भण्डारीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।
२०७३ माघको पहिलो साता त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याइएको ३३ किलो सुन तस्करीमा संलग्न रहेको भण्डारीमाथि आरोप छ
कान्तिपुरबाट