Top News राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै

१६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठक तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बोलाइएको जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण तथा वितरणको सम्बन्धमा छलफल हुने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.