Top News पालिका खबर

साथीलाई काठमाडौंबाट पर्सासम्म बोलाएर हत्या र लुटपाट

१६ साउन , काठमाडौँ । लुटपाट गर्ने उद्देश्यले काठमाडौं बस्ने साथीलाई वीरगन्ज बोलाइ हत्या गरिएको रहस्य खुलेको छ ।

गत बिहीबार बिहान करिब साढे १ बजेतिर वीरगन्ज महानगरपालिका– ७ राम टोलमा एक युवक सिकिस्त घाइते अवस्थामा फेला परेका थिए । उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ती युवक थिए सर्लाही लालबन्दी– १ घर भइ काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय ज्ञानु पाख्रिन ।

लुटपाट गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने २५ वर्षीय राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीप लामा तामाङ र बाराको फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई नियन्त्रणमा लिएको हो। एक जना भारतीय युवक फरार छन् ।

लुटपाट गर्ने योजनाका साथ बुधबार काठमाडौंबाट वीरगन्ज बोलाइ पाख्रिनको सुनको सिक्री, औंठी र नगद १० हजार रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पाख्रिन साउन १३ गते साँझ दुई साथी सहित वीरगंज पुगेका थिए। उनीहरु सबै जना दीप लामाको घरमा मदिरा खााएर बसेको प्रहरी अनुसन्धानमा देखिएको छ। साउन १४ गते बिहान साढे १ बजेतिर काठमाडौंबाट आएका दुई जनालाई कोठामा मै छोडेर बियर किन्ने बहानमा ज्ञानु पाख्रिनलाई रामटोलस्थित एकान्त स्थानको खाली जग्गामा लगेर घाँटीमा लक लगाई अँठ्याई ज्यान लिएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओम प्रकास खनालले जानकारी दिए।

त्यसपछि उनीहरु मृतकको सुनको सिक्री, सुनको औँठी, नगद १० हजार रुपैयाँ लुटेर फरार भएका थिए। हालसम्म रवि सर्रााफ फरार रहेका छन्। उनीहरु विरुद्ध कर्तव्य ज्याना मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *