Top News पालिका खबर

मेलम्चीमा ठूलो बाढी, १२ घर र झोलुंगे पुल बगे

१७ साउन, काठमाडौँ । अविरल वर्षातका कारण शनिबार बेलुकी मेलम्चीमा ठूलो बाढी आएको छ । बाढीले १२ घर र १ झोलुंगे पुल बगाएको छ ।

बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ । लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि १ असारभन्दा पनि ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन् । त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ । ‘पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगायो, ग्याल्थुम बजारका ४० घर जोखिममा छन्, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *