१८ साउन,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा स्थगित भएको चर्चा सामाजिक सञ्जालको हल्ला मात्र रहेको बताए ।
“केही अनलाइनले परीक्षा स्थगित भएको भनेर लेखेछन् । अहिलेसम्म त्यस्तो केही निर्णय भाछैन, पौडेलले भने ,”सकेसम्म निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने हाम्रो कोशिस रहन्छ । परिस्थितिले रोक्नुपर्ने बनाएमा सूचना निकाल्छौँ ।
परीक्षा तालिकाअनुसार यही ३१ साउनदेखि ९ भदौसम्म होमसेन्टरहरुमा नै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।